औद्योगिक विकासको माध्यमवाट नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने क्रममा उद्योग सम्वन्धी नीति नियम तथा कानूनको कार्यान्वयनको लागि जिम्मेवार रहेको उद्योग मन्त्रालय अन्तर्गतका विभागहरु मध्ये उद्योग विभाग पनि एक हो । औद्योगिक व्यवसाय ऐन, २०४९ संशोधन भए पछि स्थीर जेथा तीन करोड रुपैया भन्दा वढी भएको मझौला तथा ठूला उद्योगहरु र विदेशी लगानी संलग्न सबै किसिमका उद्योगहरु यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । यसै गरी उद्योग व्यवसायमा हुने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी र औद्योगिक सम्पत्ति संरक्षण सम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् ।

Address & Contact

Our Address

Tripureshwor, Kathmandu, Nepal

GPS

27.6944928, 85.3114868